नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजार नाघ्याे, बिहिबार मात्रै थपिए १२४६ जना संक्रमित
२५ भदाै, काठमाडाैँ । नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा देशभर थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५० हजार ४६५ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा १८१८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।
यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।
प्रकाशित मिति : September 10, 2020 at 4:27 pm



