झापामा एकै घरका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि
२५ भदाै, झापा । झापाकाे कनकाई नगरपालिका एकै घरका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो घरमा १४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको हाे । घरमा सबैलाई कोरोना सङ्क्रमण भएपछि कनकाई नगरपालिकाले घरमै खाद्यान्न र अस्पतालमा रहेकाका लागि आवश्यक सामग्री प्रदान गरेको छ ।

कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ भने पछिल्लो चोटी दुई दिनसम्म लिइएको स्वाबको रिपाेर्ट आउन बाँकी छ । हाल कनकाई नगरपालिकाको सबै स्वाब कोटीहोमस्थित पीसीआर मेशिनमा परीक्षण गरिएको कारण रिपाेर्ट आउन ढिलाइ भएको हो । कनकाईमै परीक्षण गरेपनि त्यसलाई पुनः परीक्षणका लागि स्वाब धरान पनि पठाउनुपर्ने हुँदा परीक्षणको रिपाेर्ट आउन ढिलाइ भइरहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
प्रकाशित मिति : September 10, 2020 at 2:27 pm



