काठमाडाैँ उपत्यकामा जारी निषेधाज्ञामा खुकुलोः के खुल्छन्, के बन्द हुन्छन् ?
२४ भदाै, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा जारी निषेधाज्ञामा खुकुलो हुने भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाकाे मोडालिटी परिवर्तन गरेका हुन् । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि मंगलबार नै गृहमन्त्रालयमा पठाएको मोडालिटी बुधबार स्वीकृत भएको छ ।
बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो । बैठकले भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने नर्णय पनि गरेकाे छ ।
यस्तै निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य सामानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल तयार भएकाे छ। तर होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्दै रहने छन्।

यस्तै निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।
उपत्यकासहित मुलुकका चालिसभन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ। सरकारले सुरुमा चैत ११ गतेदेखि झन्डै चार महिना लकडाउन गरेको थियो।
प्रकाशित मिति : September 9, 2020 at 5:36 pm



