बुधबार १०८१ जनामा कोरोना संक्रमण पुष्टि, ९१८ जना काेराेना जितेर घर फर्किए
२४ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ४९ हजार २१९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ९१८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ ।
यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१२ पुगेको छ।
प्रकाशित मिति : September 9, 2020 at 4:21 pm



