४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

घरको छतबाट लडेर यातायात व्यवसायी केशवदत्त जोशीको मृत्यु

२४ भदौ, महेन्द्रनगर । यहाँका यातायात व्यवसायी भीमदत्त नगरपालिका–२ का केशवदत्त जोशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले ३५ वर्षीय व्यवसायी जोशीको आफ्नै घरको दुईतले छतबाट लडेर मृत्यु भएको जनाएको छ ।

“मङ्गलबार राति छतबाट लडेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले भन्नुभयो, “उहाँको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी सिफारिस गरिएको थियो ।” जोशी तत्कालीन पवनदूत यातायात समितिका उपाध्यक्षसमेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : September 9, 2020 at 2:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/