११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

अवरुद्ध डुम्रे–बेँसीशहर सडक सञ्चालनमा

२४ भदौ, लमजुङ । मङ्गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड आज बिहान करिब ४ः०० बजेदेखि सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–२ रानीकुवा नजिकै बोहोराबेँसीमाथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो ।

स्थानीय नवीन धितालका अनुसार सो सडकभन्दा करिब २०० मिटर माथिबाट माटोको लेदोसहितको पहिराले करिब ३० मिटर सडक अवरुद्ध भएको थियो । सो पहिरो बेँसीशहर नगरपालिकाको आग्रहमा निर्माण व्यवसायी महेन्द्र बोहोराको डोजरले हटाएसँगै सडक सञ्चालनमा आएको धितालले बताउनुभयो । पहिराले सडक अवरुद्ध हुँदा विभिन्न ढुवानीका साधन, दूधका गाडीलगायतका सवारी साधन रोकिएका थिए ।

प्रकाशित मिति : September 9, 2020 at 12:46 pm