११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

अल्का अस्पतालमा उपचाररत काठमाडौँका कोरोना संक्रमतिको मृत्यु

२४ भदौ, काठमाडौँ । काेराेना संक्रमणबाट काठमाडौँमा एक पुरुषको मृत्यु भएको छ। ललितपुरको अल्का अस्पतालमा उपचाररत काठमाडौँका ६७ वर्षीय पुरुषको मंगलबार बेलुकी ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। काठमाडौँ विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो।

अस्पताल भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मृतक पुरुष मधुमेह, रक्तचापका विरामी रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : September 9, 2020 at 10:36 am