कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु
२३ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०६ पुगेको छ । मन्त्रालयका अनुसार एकजना महिला र ५ जना पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौँकी ८० वर्षीया एक महिला छिन् । यसैगरी सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुष रहेका छन् ।
प्रकाशित मिति : September 8, 2020 at 5:06 pm



