५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

कोरोना संक्रमणबाट नेपालमा थप ११ को मृत्यु, मृतककाे संख्या ३०० पुग्यो

२२ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । ४ जना महिला र ७ जना परूषगरि ११ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

फाइल फाेटाे

मृत्यु हुनेमा मोरङका ७६ वर्षिय पुरूष, सिराहाका ८७ वर्षिय पुरूष, सर्लाहका ३५ वर्षिय पुरूष, दोलखाका ६७ वर्षिय पुरूष, मकवानपुरका ३९ वर्षिय पुरूष, काठमाडौँका ३७,९०,८३ वर्षिय महिला ,कास्कीकी ६३ वर्षिय महिला र बाँकेका ५९ वर्षिय पुरूष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

प्रकाशित मिति : September 7, 2020 at 5:20 pm