कुन जिल्लामा कति थपिए काेराेना संक्रमित (विवरणसहित)
२२ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ४७ हजार २३६ पुगेको उनले बताए ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५९ जना र होम आइसोलेशनमा ७ हजार १९० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३० हजार ६७७ पुगेको छ ।
हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३०० पुगेकाे छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हेर्नुहाेस् विवरणः


प्रकाशित मिति : September 7, 2020 at 5:02 pm



