११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

तनहुँकाे देउलीखोलामा जीप खस्दा २ जनाको मृत्यु, ६ घाइते

२२ भदौ, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जीपमा सवार अन्य छ जना घाइतेमध्ये चार जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ । व्यासनगरपालिका–५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग१ज ७१२८ नम्वरको जीप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : September 7, 2020 at 4:39 pm