११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काठमाडौँ उपत्यकामा थप ३२६ जनामा काेराेना संक्रमण पुष्टि

२२ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा २९३ जना , ललितपुरमा २० जना र भक्तपुरमा १३ जना गरी काठमाडाैँ उपत्यकामा थप ३२६ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

पछिल्लाे २४ घण्टामा देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ४७ हजार २३६ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३० हजार ६७७ पुगेको छ । हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३०० पुगेकाे छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : September 7, 2020 at 4:43 pm