राष्ट्रपतिको भण्डारीकाे विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त
२२ भदौ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीकाे विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी हुन् । । ढकाललाई राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी दिइएकाे छ ।

हाल भक्तपुर बस्दै आएका ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । उनले विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका छन् । ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको छ । यसअघि ढकालले सार्क विकास कोष लगाउत विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरेका थिए ।
प्रकाशित मिति : September 7, 2020 at 2:33 pm



