११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कोरोना संक्रमितको मिर्गाैला, आँखा र कलेजो निकालिन्छ भनेर भ्रम छर्ने लिम्बु पक्राउ

२२ भदाै, काठमाडौँ । कोरोना संक्रमणबाट मृत्यु भएकाहरूलाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई सोमबार पक्राउ परेको हो ।

प्राकृतिक चिकित्सक लिम्बुले बिभिन्न  माध्यममा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर काेराेना संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए । । उनले अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले  बताए ।

‘नेपालमा कोरोना नै छैन, काेराेना भए सडकमा बस्नेलाई किन लाग्दैन ?’ भन्दै उनले काेराेनाबारे नकारात्मक प्रचार गरेका छन् । मुलुकी अपराधसंहिता ०७४ को दफा ७० मा झुटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : September 7, 2020 at 12:00 pm