११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

२२ भदाै, काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकाका ३१ जनासहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरामा महानगरपालिका ३१ जना, गोरखाका १८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १५ जना र तनहुँका ३ जनामा काेराेना संक्रमण भएको उल्लेख छ ।

पोखरामा थपिएका काेराेना संक्रमितमध्ये पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन्। पोखराका अरू काेराेना संक्रमितमा २५ जना भने पोखरा फुड्स प्रा.लि. मा कार्यरत रहेको तथा २ जना यसअघि नै अस्पतालमा उपचार गराइरहेका १ महिला र १ पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ। अन्य संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा १ जना, देवचुली नगरपालिकामा १४ जना रहेका छन् । यस्तै गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा २ जना र तनहुँको व्यास नगरपालिकामा ३ जनामा काेराेना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : September 7, 2020 at 9:37 am