११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बाल यौन दुरुपयोग मुद्वाका दोषी तनहुँका जयकृष्ण पक्राउ

२१ भदौ, दमौली । बाल यौन दुरुपयोग मुद्वाका दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ छन् । उनलाई घरबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

फाइल फाेटाे

निजविरुद्ध जिल्ला अदालतले विसं २०७६ साउन २९ गते दुई महिना पाँच दिन कैद र रु पाँच हजार जरीवानाको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई पक्राउ गरी आज नै जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 6, 2020 at 8:09 pm