११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

किसानको बिचल्ली बनाएपछि प्रचण्डका घरबेटी अधिकारीको कम्पनीमाथि कारबाही

२१ भदौ, काठमाडौँ । रसायनिक मलको ठेक्का हत्याएर मल नल्याइ किसानको बिचल्ली बनाएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरबेटी शारदा अधिकारीको कम्पनी माथि कारबाही भएको छ । गत अप्रिल २४ र २७ मा युरिया मल ५० हजार मेट्रिक टन आयातका लागि शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालिसँग सम्झौता भएपनि नियतबस मल नल्याएपछि सरकारले कारबाही गरेको हो ।

अधिकारीले ठेक्का हत्याउने तर काम नगर्नेमा कीर्तिमानी नै कायम गरेका छन । मल आयतका विषयमा उनले ठेक्का लिएर काम नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश सरकारसँग मल पैँचो मागेका थिए । कृषि सामाग्री कम्पनीले अधिकारीसहितको कम्पनीसँगको सम्झौता तोडेर आइतबार कृषि मन्त्रालयलाइ जानकारी गराएको छ ।

कम्पनीले उनीहरूको धरौटी जफल गरेर कालो सूचीमा राख्ने प्रक्रिया समेत अघि बढाएको छ । तोकिएको समयभित्र मल ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो ।  दुई कम्पनीले २५–२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए । तर हालसम्म पनि उनीहरुले मल नल्याइदिँदा देशभर मलको हाहाकार सिर्जना गराएका थिए । सरकारलाइ अफ्ठेरोमा पार्ने नीति अन्तर्गत उनीहरूले नियतवस ठेक्का लिएर पनि काम नगरेका थिए ।

यो पनि पढ्नुहोस्

-प्रचण्डका घरबेटीले किसनाको पेटमा लात मारेपछि सरकारले बंगलादेशसँग पैँचो माग्यो मल

प्रचण्डको घरबेटीका कारण रसायनिक मलको हाहाकार हुँदै, ठेक्का कब्जा गरे मल ल्याएनन्

आठ घण्टा लाम बस्दा पनि कृषकले मल पाएनन्, अधिकारीले ठेक्का खाए मल दिएनन्

प्रकाशित मिति : September 6, 2020 at 6:45 pm