१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

धादिङको थाँक्रेमा व्यावसायिक क्यानोनिङ शुरु

२१ जेठ, धादिङ । धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिक रुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ ।

नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए ।

शनिबार रानीझरना क्षेत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा पुष्प कँडेलले झर्नावरोहणको उद्घाटन गर्दै पर्यटन विकासको सम्भावना नै सम्भावना भएकाले समृद्ध नेपालका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

पृथ्वीराजमार्गको महादेवबेँशीबाट चार किलोमिटर दक्षिणतर्फ कच्ची सडक मार्ग प्रयोग गरी सडकबाट पाँच मिनेट खोलामा झरेपछि रानीझरना पुग्न सकिने भएकाले राजधानीबाट छोटो दूरीमै प्रकृतिको मज्जा लिन सकिने छ ।

रानीझरना क्षेत्रमा शनिबारबाट २१ जनालाई झर्नावरोहणका लागि आधारभूत तालीमसमेत शुरु गरिएको छ । रानीझर्नामा जेठ २६ र २७ गते छाँगावरोहण महोत्सव आयोजना गरिने तयारी गरिएको नेपाल क्योनिङ एशोसिएशनका संस्थापक अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ११:३०