५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विपी राजमार्गको नयाँ मापदण्डबारेको रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

२१ जेठ, काठमाडौँ । विपी राजमार्गमा नयाँ मापदण्ड लागू गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।

अधिवक्ता कैलाशराज दाहालले दायर गरेको रिटमा आज रिटकर्ताको तर्फबाट अधिवक्ताहरु बसन्त बस्नेत, गणेश अधिकारी र शंकर सुवेदीले बहस गर्दैछन । न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलाशमा परेको रिट ५ औँ नम्बरमा रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १०:५६