११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

काठमाडाैँकाे थानकोटमा डिजेल बोकेको ट्याङ्कर पल्टियो

२१ भदाै, काठमाडौँ । चन्द्रागिरि नगरपालिका– ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटाेमा अनियन्त्रित भई पल्टिएको हाे । ना ७ ख ७३९ नम्बर ट्याङ्करले २० केएल डिजेल रक्सोल डिपोबाट थानकोट डिपोमा ल्याउँदै थियो ।

उक्त ट्याङ्कर चालक सुरेश विक भने सकुशल रहेका छन् । गाडी दुर्घटना हुदा गाडीको पाँच च्याम्वर मध्ये दुई च्याबरको ४ हजार लिटर डिजेल पोखिएको छ ।

प्रकाशित मिति : September 6, 2020 at 12:49 pm