११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पर्यटनमन्त्री भट्टराईले एसिड पीडित मुस्कान खातुनलाई ५० हजार दिएर जन्मदिन मनाए

२१ भदौ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले एसिड पीडित मुस्कान खातुनलाई ५० हजार दिएर जन्मदिन मनाए मनाएका छन । जन्मदिनको अवसरमा मुस्कान खतुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले नगद ५० हजार रूपैयाँ प्रदान गरेको उनको स्वकीय प्रेस गुराइले जानकारी दिएका छन ।

भट्टराईले विगतदेखि नै जन्मदिनको अवसरमा केही न केही रचनात्मक काम गर्दै आएका छन । मन्त्री भट्टराईले विगतका बर्ष झै आफ्नो जन्मदिनको अवसरमा यस बर्ष एसिड पिडित बालिका खातुनलाई आर्थिक सहयोग  गरेका हुन । गत भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ ।

मन्त्री भट्टराईले खातुनलाई सहयोग गरेपछि सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका छन । गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो ।

जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु । केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ । हार्दिक शुभकामना

प्रकाशित मिति : September 6, 2020 at 12:35 pm