२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सीपीएलमा सन्दीप सहभागी टिम जमैका तलावाज ७ विकेटले पराजित

२१ भदाै, काठमाडाैँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाज ७ विकेटले पराजित भएको छ । जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य बार्बाडोस ट्रिन्डाडले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । जमैकाका लागि जर्मेन ब्ल्यावुडले ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रनको योगदान गरे । ग्लेन फिलिप्सले १७ रन बनाएका थिए ।

१ सय ६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले मात्र ३ विकेट गुमाएर लक्ष्य भेटायो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् । बार्बाडोसलाई जिताउन महत्वपूर्ण योगदान गरेका जेशन होल्डरको विकेट सन्दीपले लिएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार ०८:१९