११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

शनिबार १०४१ जनामा कोरोना संक्रमण पुष्टि

२० भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संख्या संख्या ४५ हजार २७७ पुगेको उनले बताए ।


यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेका छन् भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

प्रकाशित मिति : September 5, 2020 at 4:28 pm