११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काठमाडाैँका ३ जनासहित कोरोनाबाट थप १४ जनाकाे मृत्यु, मृतकको संख्या २७१ पुग्यो

१९ भदाै, काठमाडाैँ । काेराेनाबाट नेपालमा थप १४ जनाकाे मृत्यु भएकाे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौँकै तीनजना महिला रहेका छन्। काठमाडौँमा ८२, ६७ र २२ वर्षीय महिलाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे हाे । त्यसैगरी चितवनमा एकजना ३५ वर्षीया महिलाको पनि मृत्यु भएको छ।

यस्तै मृत्यु हुने पुरुषहरूको संख्या १० रहेको छ। जसमा सप्तरीका ५५, ५५ वर्षीय पुरुष छन्। त्यसैगरी धनुषाका ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। कोरोनाबाट कास्कीमा ३१ वर्षीय युवाले ज्यान गुमाएका छन् नवलपरासीमा पनि ३७ वर्षीयाको मृत्यु भएको छ। अर्कातिर प्युठानमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।

फाइल फाेटाे

रुपन्देहीमा ७८ वर्षीय पुरुषको मृत्यु भएको छ भने पाल्पामा पनि ६३ वर्षीयले ज्यान गुमाएका छन्। यसैगरी कर्णालीको सुर्खेतमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको उनले बताए ।

यस्तै काठमाडौँ उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् । हालसम्म कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

प्रकाशित मिति : September 4, 2020 at 4:56 pm