११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

शुक्रबार १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४४ हजार २३६ पुग्याे

१९ भदाै, काठमाडाैँ । शुक्रबार देशभर ३६४ महिला र ८९५ पुरुष गरी १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । जसमध्ये काठमाडाैँ उपत्यकाका मात्रै ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ र होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् । आज १३ हजार ६३७ जनाको पीसीआर भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १ हजार ३५४ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म डिस्चार्ज हुनेकाे संख्या २५ हजार ५६१ रहेकाे छ ।

प्रकाशित मिति : September 4, 2020 at 4:25 pm