काठमाडौँ उपत्यकामा थप ४५४ जनामा काेराेना संक्रमण पुष्टि
१९ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३८६ जना, ललितपुरमा ३२ जना र भक्तपुरमा ३६जना गरी काठमाडाैँ उपत्यकामा थप ४५४ मा काेराेना पुष्टि भएकाे जानकारी दिए । शुक्रबार देशभर ३६४ महिला र ९३५ पुरुष गरी १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ र होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् । आज १३ हजार ६३७ जनाको पीसीआर भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १ हजार ३५४ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म डिस्चार्ज हुनेकाे संख्या २५ हजार ५६१ रहेकाे छ ।
प्रकाशित मिति : September 4, 2020 at 4:21 pm



