११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

धादिङका एक युवकद्धारा बृद्धकाे हत्या, टाउको बोकेर आफैँ पुगे प्रहरी कार्यालय

१९ भदाैँ, धादिङ । धादिङका एक युवकले ६५ वर्षीय बृद्धकाे हत्या गरी टाउको बोकेर आफैँ प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका-१३ खलचेतका २६ वर्षीय राजु परियारले ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेका हुन् ।

हत्या गरेपछि परियारले राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर प्रहरी कार्यालय पुगेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनिहरूबीच सामान्य विवाद भएकाे र आवेगमा आएर परियारले गुरूङको हत्या गरेका खुलेकाे छ । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : September 4, 2020 at 11:49 am