११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बुटवलको कोरोना अस्पतालमा उपचाररत् थप एक जना काेराेना संक्रमितकाे मृत्यु

१९ भदाै, बुटवल । कोरोना संक्रमणबाट बुटवलमा आज थप एकजनाकाे मृत्यु भएको छ । प्रादेशिक अस्पताल बुटवलद्धारा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल- ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको हाे । उनकाे आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. शुर्दशन थापाले जानकारी दिए ।

फाइल फाेटाे

भदौ ४ गते ती पुरुषलाई लुम्बिनी प्रदेश अस्पतलामा लगिएकाे थियाे । मधुमेह र उच्च रक्तचापको समस्या रहेका ती उनलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे ।

याेसँगै काेराेनाबाट बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेकाे संख्या ९ पुगेको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा ३ जनाको मृत्यु भएको छ । ती मध्ये ६ जना रुपन्देहीका ५ जना कपिलवस्तु र एक जना प्युठान जिल्लाका रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : September 4, 2020 at 11:18 am