नेपालमा काेराेनाबाट थप ६ जनाकाे मृत्यु
१८ भदाै, काठमाडाैँ । बितेको २४ घण्टामा देशभर कोरोना संक्रमणबाट ६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । काेराेना संक्रमणबाट मृत्यु हुनेमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका गरि ४ महिला र सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् ।

बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३५७ जना , ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जना गरी काठमाडाैँ उपत्यकामा थप ४४५मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।
प्रकाशित मिति : September 3, 2020 at 5:20 pm



