११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बाढी पीडितलाई राहत सामग्री लिएर गृहमन्त्री थापा ढोरपाटन प्रस्थान

१८ भदौ, काठमाडौँ ।राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाली सेनाको हेलिकोप्टरमार्फत बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङतर्फ प्रस्थान गरेका छन् ।गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ र आसपास क्षेत्रमा बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो ।

ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ । बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ।  नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको समूह घटनास्थल पुगेको छ। प्रहरीका अनुसार कतिजना बेपत्ता भए भन्नेबारे अझै खोजी भैरहेको छ,  एकिन तथ्यांक आइसकेको छैन।

प्रकाशित मिति : September 3, 2020 at 12:05 pm