काेराेना नियन्त्रणमा सहयोग पुर्याउन सांसद बस्नेतद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
१८ भदौ, भक्तपुर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको छ ।

उहाँले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभयो ।
प्रकाशित मिति : September 3, 2020 at 11:36 am



