१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सेयर बजारमा ६ महिना यताकै उच्च वृद्धि, ४ अर्ब बढीको शेयर कारोबार

१७ भदाै, काठमाडाैँ । बुधबार सेयर बजारमा ६ महिना यताकै उच्च वृद्धि भएकाे छ । यसदिन नेप्से परिसूचक १.७२ प्रतिशतले बढेर १५१० विन्दुमा पुगेकाे छ ।

बुधबार १८६ वटा कम्पनीको ९६ लाख ८६ हजार कित्ता शेयर ४ अर्ब १८ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। कारोबारमा आएका कम्पनीहरुमध्ये १२९ वटा कम्पनीकाे शेयरमूल्य बढ्दा यस दिन नेप्से सूचक १.७० प्रतिशत अर्थात २५.५८ अंकले बढेर १ हजार ५१० विन्दुमा पुगेको छ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको १७ करोड ७५ लाख, नेश्नल लाइफको १६ करोड ५१ लाख, नेपाल लाइफको १५ करोड ७५ लाख, नेको इन्स्योरेन्सको १४ करोड ६७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसअघि २०७६ फागुन २० गते नेप्से १५०९ विन्दुमा पुगेर बन्द भएकाे थियाे।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १६:१६