४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

टिचिङ अस्पतालमा उपचाररत् तनहुँकी २० वर्षीया युवतीसहित दुई जना कोरोना संक्रमितको मृत्यु

१७ भदाै, काठमाडाैँ । काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँकी २० वर्षीया युवती र काठमाडौँका ७५ वर्षीय वृद्ध छन्। दुबै संक्रमितको मंगलबार बेलुका मृत्यु भएको अस्पतालका कोभिड कमिटीका सदस्य डा. सविन थपलियाले जानकारी दिए ।

तनहुँकी २० वर्षिया युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन्। उनलाई काेराेना संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।

फाइल फाेटाे

यस्तै काठमाडौँका वृद्ध भने भदाै १५ गते अस्पताल भर्ना भएका थिए। मधुमेह र रक्तचापकाे रोगी रहेका उनलाई आइसियूमा भर्ना गरिएको थियो। उनकाे आइसियूमै उपचारको क्रममा मृत्यु भएको हाे । दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : September 2, 2020 at 12:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/