कोरोना संक्रमणबाट ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु
१६ भदौ, काठमाडौँ । काेराेना संक्रमणकाट नेपालमा मंगलबार थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका १ पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौँका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २३९पुगेको छ ।
प्रकाशित मिति : September 1, 2020 at 5:24 pm



