१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ज्योति लाईफले घोषणा गर्यो पोलिसी बोनस दर, न्यूनतम ४३ देखि अधिकतम ७५ रुपैयाँसम्म दिने

१६ भदाै, काठमाडाैँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

सावधिक बीमालेख योजना

सावधिक जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ ।

सावधिक तथा आजीवन बीमालेख योजना

सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ ।

अग्रिम भुक्तानी जीवन बीमालेख योजना

अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १७:०३