२४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडाैँमा तीब्र संक्रमण
१६ भदाै, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा कोरोनाको तीब्र संकमण देखिएको छ । देशभर थपिएका कोरोना संक्रमित र काठमाडाैँ उपत्यकामा मात्र थपिएका कोरोना संक्रमित करिब बारबर जस्तै देखिएका छन । मंगलबार देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारबाट नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका भएका छन ।

प्रकाशित मिति : September 1, 2020 at 5:00 pm



