११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काठमाडौँ उपत्यकामा थप ४८१ जनामा काेराेना संक्रमण पुष्टि

१६ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३९३जना , ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना गरी  काठमाडाैँ उपत्यकामा थप ४८१ मा काेराेना पुष्टि भएकाे  जानकारी दिए ।

यसैबीच काेराेना संक्रमणकाट नेपालमा मंगलबार थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका १ पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौँका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २३९पुगेको छ ।

प्रकाशित मिति : September 1, 2020 at 4:50 pm