५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

टिपर दुर्घटनामा नवलपरासीका १८ वर्षीय विवेक कुमालको मृत्यु

१९ जेठ,नवलपरासी । तिपर दुर्घटना हुँदा नवलपरासीका १८ वर्षीय सहचालक विवेक कुमालको मृत्यु भएको छ ।
तानसेन नगरपालिका–८ नयाँपाटीमा गएराति भएको दुर्घटनामा टिपरका सहचालक नवलपरासीको विनय गाउँपालिका–३ चिसापानी बस्ने कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ३ ख ८९३९ नंको टिपर दुर्घटना भएको हो । टिपरका चालक सोही ठाउँकै ३८ वर्षीय भीम परियारको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ । तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार १४:४७