११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काेराेना संक्रमणबाट केन्द्रीय कारागारमा १ कैदीको मृत्यु

१६ भदौ,  काठमाडौँ । काेराेना संक्रमणका कारण केन्द्रीय कारागारमा एकजना कैदीको मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको काेराेना संक्रमणबाट मृत्यु भएको हो । क्षयरोगका बिरामी ति पुरूषमा  मानसिक रुपमा पनि समस्या थियो । उनकाे पाटन अस्पतालमा उपचार भइरहेको थियो । पछिल्लो समय मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।’

फाइल फाेटाे

भदौ १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।हाल केन्द्रीय कारागारमा ७ सय जना बिरामी कैदीबन्दी छन् । मंगलबार बिहान थप २ जना कैदीको पनि उपचारका क्रममा मृत्यु भएको छ । तर, कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : September 1, 2020 at 1:42 pm