बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
१६ भदौ, बुटवल । बुटवलको इलाका प्रहरी कार्यालयमा कार्यरत थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएकाे पीसीआर परीक्षणमा ११ जना प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यसअघि भदौ १० गते हिरासतमा रहेका १५ जना थुनुवा र ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । योसँगै ईलाका प्रहरी कार्यालय बुटवलमा काेराेना संक्रमित प्रहरीको संख्या १५ पुगेको छ ।
प्रकाशित मिति : September 1, 2020 at 1:23 pm



