११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्दा १ जनाकाे मृत्यु, ४ घाइते

१६ भदौ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२ का १५ वर्षीय बादे रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । काठमाडौँबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन् । दुर्घटना बिहान ५ः१५ बजे भएको थियो ।

प्रकाशित मिति : September 1, 2020 at 11:56 am