५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

१९ जेठ, पाल्पा । कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ ।
रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताए ।


नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामपुर नगरपालिका वडा नं ४ देवीस्थान बस्ने नेपाली गत जेठ १५ गते दिउँसो साथीहरुसँग कालीगण्डकीको कोप्चेघाटमा पौडी खेल्न जाँदा बेपत्ता भएका थिए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार १४:३१