११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेपालले महान् मित्र गुमाएको छः प्रधानमन्त्री ओली

१५ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताउनुभएको छ । उहाँले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।


पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको स्मरण पनि गर्नुभएको छ ।

प्रकाशित मिति : August 31, 2020 at 8:02 pm