प्रदेश १ मा थपिए ५६ जना काेराेना संक्रमित
१५ भदौ, विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ५६ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये १७ महिला ३९ पुरुष छन् । नयाँ थपिएका सङ्क्रमितमा सुनसरीमा २६, मोरङमा १७, सङ्खुवासभामा नौ र झापामा चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेहरु सुनसरीको धरानमा छ महिला र १४ पुरुष, कोशी गाउँपालिकामा तीन पुरुष, देवानगञ्ज र इनरुवामा एकएक पुरुष, इटहरीमा एक महिला, मोरङको विराटनगरमा पाँच महिला र छ पुरुष, लेटाङमा एक महिला चार पुरुष तथा बूढीगङ्गामा एक महिलाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

जिल्ला बाहिर सङ्क्रमित हुनेमा सङ्खुवासभाको खाँदबारीका एक महिला र आठ पुरुष तथा झापाको कमलगाउँपालिकामा दुई महिला र दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमित तीन हजार ३६७ पुगेका छन् । आज २४ जना कोरोनाबाट मुक्त भएर घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ३९२ जनाको कोरोना परीक्षण भएको छ । हालसम्म ८८ हजार ९९० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : August 31, 2020 at 7:42 pm



