काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
१५ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई दिनअघि स्वाब दिएका शाक्यमा साेमबार काेराेना संक्रमण पुष्टि भएकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।
प्रकाशित मिति : August 31, 2020 at 6:47 pm



