११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान असोज १ देखि सञ्चलनमा आउने

१५ भदाै, काठमाडाैँ । सरकारले अन्तरजिल्ला तथा लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै साे जानकारी दिएका हुन् ।

सरकारले यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम बढेकाले असोज १ गतेसम्मका लागि सारिएको प्रवक्ता खतिवडाले जानकारी दिए । यस्तै सरकारले आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा ल्याउने निर्णय गरेकाे प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : August 31, 2020 at 6:09 pm