कोरोनाबाट ४ वर्षिया बालिकासहित थप ७ जनाकाे मृत्यु, मृतककाे संख्या २२८ पुग्यो
१५ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा कोरोनाबाट ४ वर्षिया बालिकासहित थप ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २२८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको छ ।

साेमबार देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार ३०३ महिला र ५९६ जना पुरुष गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् । आजमात्रै ५८८ जना कोरोनामुमक्त भएका हुन् ।
प्रकाशित मिति : August 31, 2020 at 5:02 pm



