काठमाडाैँ उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि
१५ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङकाक्रममा काठमाडौँमा १९० , ललितपुरमा ६७ र भक्तपुरमा ४१ गरी कुल २९८ जनामा कोरोना संक्रमण देखिएको बताए ।

साेमबार देशभर ३०३ महिला र ५९६ पुरुष गरी थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ संक्रमित थपिएका हुन्। यीसहित हालसम्म काेराेना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा रहेकाको संख्या १० हजार ७०१ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार १२१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५८८ निको भएसँगै कुल निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।
प्रकाशित मिति : August 31, 2020 at 4:22 pm



