१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्रभु लाइफ इन्स्योरेन्सले निर्धारण गर्यो बोनस दर

१५ भदाै, काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७६ साल असार मसान्तसम्ममा जारी भएकाे मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको छ । उक्त बोनस दर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुनेछ ।

साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । कम्पनीले सावधिक बीमालेख, सावधिक तथा आजीवन बीमालेख र अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख गरी ३ प्रकारका बीमालेख याेजनाहरूका लागि प्रति हजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १५:०५