१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

समाज लघुवित्तको आइपिओ बाँडफाँड, ८ हजार ७० जनाले हात पारे १० कित्ता सेयर

१५ भदाै, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड भएकाे छ । समाज लघुवित्तको आइपिओकाे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले साेमबार आइपिओ बाँडफाँड गरेकाे हाे ।

८ हजार ७० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेपछि उनीहरूलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँट गरिएको हो। लघुवित्तको आइपिओमा ५ लाख ४७ हजार ३७० जना योग्य आवेदन दिएका थिए ।

लघुवित्तको आइपीओमा ५ लाख ४७ हजार ३७० जना आवेदकबाट १ करोड १४ लाख ६४ हजार ९२० कित्ता योग्य आवेदन परेको थियो।जसमध्ये ५ लाख ३९ हजार ३०० जना आवेदकको हात खाली भएको छ। आइपीओमा ५०० जनामार्फत परेको ९ हजार ७६० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएकाे थियाे।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १४:२३